नेटवर्किङ बिजनेसको नाममा बुर्का लगाएर मानवबेचबिखन, २४६ युवतीको सकुसल उद्धार
काठमाडाैं | साउन १३, २०७९
बाँके: शान्ति पुनःस्थापना गृहले बाँकेका चार नाका र एक परामर्श केन्द्रबाट २४६ युवतीको उद्धार गरेको छ । जिल्लाको नरेनापुर गाउँपालिका–१ स्थित सुइया, डूडुवा गाउँपालिका–१ स्थित खडैचा, जानकी गाउँपालिका– १ स्थित शिउपुरी, जमुनाह नाका र कोहलपुरमा स्थापना भएको परामर्श केन्द्रबाट उनीहरुको उद्धार भएको शान्ति पुनःस्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो ।
उद्धार गरिएकामध्ये बाँकेका ३२, बर्दियाका ३२, दाङका २८, सुर्खेतका २४, जाजरकोटका २०,सल्यानका २०, रुकुम पश्चिमको १६, कैलालीको १२, दैलेखको ११, रोल्पाको १०, कालिकोटको १०, जुम्लाको पाँच लगायत ३१ जिल्लाका रहेका छन् । उनीहरु १६ देखि २५ वर्ष उमेर समूहका छन् ।
उहाँले मानवबेचविखनको समस्या अत्यन्त जटिल भएको उल्लेख गर्दै लुम्बिनी प्रदेशका १४ नाकाबाट सीमा निगरानी बढाउनुका साथै बाँकेमा आवधिक गृहसमेत सञ्चालनमा ल्याएर उद्धार गरेकालाई पुनःस्थापना गर्ने काम भएको बताउनुभयो । एक वर्षको अवधिमा सो केन्द्रले पाँच जनालाई कानुनी दायरामा ल्याएको समेत जानकारी दिँदै भट्टराइले दुई जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार, दुई जनाविरुद्ध जबर्जस्ती करणी र एक जना विरुद्ध मावन बेचबिखन र जबर्जस्ती करणीमा जिल्ला प्रहरी कार्यालय, बाँकेमा मुद्दा दर्ता गरेको जानकारी दिनुभयो ।
“हामीलाई भारत लगेको सूचना आएपछि त्यहाँको प्रहरीसँग कागजात मिलाउनेदेखि विभिन्न नीतिगत समस्या देखिएको छ ।”उहाँले भन्नुभयो । शान्ति पुनःस्थापना केन्द्र, बाँकेका संयोजक निर्मल सुवेदीले जमुनाह नाकाबाट मात्रै छ युवतीको उद्धार गरेको जानकारी दिनुभयो । भारतको उत्तर प्रदेशको उन्नाउ, लखनउ र हिमाञ्चलको सिमलाबाट उनीहरुको उद्धार गरिएको थियो ।
उहाँले नयाँ नयाँ रणनीति अपनाएर मानवबेचबिखनको कार्य भएको उल्लेख गर्दै मुस्लिम समुदायले लगाउने बुर्का लगाएर, नेटवर्किङ बिजनेसको नाममा युवतीलाई भारत पुर्याइएको बताउनुभयो । “यसको ठूलो जालो छ, पत्ता लगाउन सजिलो छैन ।” जिल्ला संयोजक सुवेदीले भन्नुभयो ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

